काठमाडौं चैत्र २१ । नेपाल र चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५ औं बैठक बेइजिङमा बस्ने भएको छ ।
बैठक यहि चैत २४ गते शुक्रबार बेइजिङमा बस्ने भएको हो । शुक्रबार बस्ने बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल बेइजिङ जाने मन्त्रालयले जनाएको हो ।
चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री सुङ ओइटोङले गर्ने र नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव पौडेलले गर्ने मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय नयाँ सरकार बनेपछि चीन नेपाल संयन्त्रहरु सक्रिय भएका छन् ।
चीनले नयाँ सरकार बनेपछि रसुवागढी नाका पूर्ण रुपमा सञ्चालन गरेको छ । यसै गरी तातोपानी नाका पनि खोल्दैछ भने हिल्सा र कोरोला नाका पनि सञ्चालन गर्ने सहमति जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline