युवराज पौडेलले चितवन निर्वाचन कार्यलयमा पुगेर रवि लामिछाने बिरुद्ध दिए उजुरी

युवराज पौडेलले चितवन निर्वाचन कार्यलयमा पुगेर रवि लामिछाने बिरुद्ध दिए उजुरी

  • मङ्लबार, चैत्र २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं चैत्र २१ । आसन्न उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ बाट उमेदवार बनेका रवि लामिछाने बिरुद्ध अर्को उजुरी दिएका छन् ।

लामिछानेविरुद्ध युवराज पौडेल सफलले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा दिएको उजुरीमा लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको घोषणा गर्न माग गरिएको छ ।

संविधानमा विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपाली नागरिकले विदेशको स्थायी आवासीय अनुमतिपत्र त्याग गरेको तीन महिना नपुगी कुनै पदमा निर्वाचित वा मनोनीत हुन नमिल्ने व्यवस्था छ । सोही आधारमा पौडेलले लामिछानेको उम्मेदवारी खारेज गर्न माग गरेका हुन् । लामिछानेले अमेरीकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता लिएको तीन महिना पूरा भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ