पासपोर्ट दुरुपयोग प्रकरणमा रवि लामिछाने बिरुद्ध आजबाट सर्वोच्चमा सुनुवाई हुँदै

पासपोर्ट दुरुपयोग प्रकरणमा रवि लामिछाने बिरुद्ध आजबाट सर्वोच्चमा सुनुवाई हुँदै

  • मङ्लबार, चैत्र २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

२१ चैत, काठमाडौं । रवि लामिछानेले अमेरीकी नागरिक बनेपछि पनि नेपाली नागरिकता पुनः प्रयोग गरेर दोहोरो राहदानी लिएको भन्दै त्यस बिरुद्ध सरकारी निकायले मुद्धा नचलाएको बिषय समेत जोडेर सर्वोच्चमा परेको रिटमा आजबाट सुनुवाई हुँदैछ ।

यो मुद्धामा लामिछाने दोषी देखिए उनले फेरी पनि निर्वाचन लड्न नपाउने स्थिति बन्न सक्नेछ ।

अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग सहित युवराज पौडेलले निवेदन दिएका हुन ।

यस अघि नागरिकताका विषयमा पनि युवराज पौडेलले नै दिएको निवेदनका आधारमा उनको सांसद र मन्त्री पद खारेज भएको थियो ।

नागरिकता दुरुपयोग गरेको भनी परेको उजुरीमा अनुसन्धान गरेको प्रहरीले लामिछानेमाथि मुद्दा नचल्ने रायसहित प्रतिवेदन पेश गरेको थियो ।

अदालतको आदेशपछि उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएका थिए । तर पुरानै नागरिकताबाट राहदानी बनाएको भन्दै उनीविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ