चैत्र २० राजविराज । मिटरब्याजको आरोपमा सप्तरीबाट एकजना पक्राउ परेका छन्। सोमबार बिहान सप्तरीको राजविराजबाट एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका मधेशी सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य हुन्। उनी पार्टीका संस्थापक सदस्य समेत थिए भने डेरी व्यवसायी पनि हुन्।
गत शनिबार मात्र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजगत्वमा मिटरब्याज पीडितहरूले ५ बुँदे सहमति गरेका थिए।
मिटरव्याजीका कारण घरबास उठेपछि पीडितहरु काठमाण्डौमा आएर आन्दोलन गरिरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline