नेपाललाई थ्री नेसन्स कपको उपाधी, मनिष र आयुषले गरे गोल

नेपाललाई थ्री नेसन्स कपको उपाधी, मनिष र आयुषले गरे गोल

  • शुक्रबार, चैत्र १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

चैत्र १७ काठमाण्डौ । प्रधानमन्त्री थ्री नेशन्स फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको फाइनल भिडन्तमा लाओसलाई २ १ गोलले हराउँदै नेपालले उपाधि घरमै राख्न सफल भएको हो ।

नेपाललाई जिताउने क्रममा मनिष डाँगी र आयुस घलानले एक एक गोल गरे। नेपाललाई जिताउते क्रममा पहिलो हाफको २४ औं मिनेटमा आयुष घलानले पहिलो गोल गरे।

त्यसपछि खेलको ८७ औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई उपाधि जिताउन सफल भए।

उपाधिसँगै नेपालले ५ हजार डलर प्राप्त गरेको छ। उपविजेता लाओसले ३ हजार डलर प्राप्त गरेको छ। खेलको शुरुमै लाओसले गोल गरेपछि दबाबमा आएको नेपाललाई आयुषले बराबरी गोल गरेर उकासेका थिए ।

खेलको १७ औं मिनेटमा फ्हुत्हाभोङ्ग साङ्गभिलयेको गोलमा लाओसले घरेलु टोलीविरुद्ध सुरुवाती अग्रता बनाएको थियो। खेलको ८७ औं मिनेटमा अञ्जनको पासमा मनिषले गोल गर्दै खेललाई २–१ को अग्रता दिलाए।

त्यसपछि खेलमा थप गोल हुन नसक्दा नेपालको जीत सुनिश्चित भएको हो । खेलमा मनीष डाँगी म्यान अफ् दि म्याच घोषित भए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ