नुवाकोटको दुप्चेश्वरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते

नुवाकोटको दुप्चेश्वरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते

  • शुक्रबार, चैत्र १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

चैत १७, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा जिप दुर्घटना भएको छ । दुर्घटनामा परि २ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् ।
दुप्चेश्वर गाउँपालिका ४ वेतिनिस्थित धारापानीमा आज दिउँसो साढे १ बजेतिर ३९८४ नम्बरको टाटा सुमो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुप्चेश्वरकै २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार घाइतेहरुलाई उपचारार्थ तादी गाउँपालिकामा रहेको खरानीटार अस्पताल र काठमाडौंका अस्पतालहरुमा पठाइएको छ ।

जिप ओरालो झर्नेक्रममा भीरबाट करिब ४ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन । दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाको सचिवालयले उद्धार कार्य जारी रहेको र खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न समस्या भइरहेको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ