काठमाडौं महानगरले अनधिकृत संरचना हटाउन दिएको सूचना कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

काठमाडौं महानगरले अनधिकृत संरचना हटाउन दिएको सूचना कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

  • शुक्रबार, चैत्र १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

चैत १७, काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन दिएको सूचना तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनधिकृत संरचना ७ दिनभित्र हटाउन दिएको सूचना तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

बिहीबार महानगरविरुद्ध रिट दर्ता भएको थियो । प्रभावित स्थानीय जानुका पोख्रेल, शुभमाया परियार (कपाली), सानु तामाङ, पवित्रा नेपाली, झवरलाल उराव तथा नेपाल महिला एकता समाजले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका थिए ।

‘जबरजस्ती विस्थापन,घरबासविहीनतालगायतका आवसको अधिकार सम्बन्धी मानवअधिकारको उल्लंघनका घटनालाई प्राथमिकता दिइ अनुगमन गर्न,पीडितलाई क्षतिपूर्ति दिन, जीविकोपार्जनबाट विमुख पार्ने कार्यका लागि जिम्मेवारविरुद्ध मुद्दा चालाउन सिफारिस गर्न समेत सम्बन्धमा जिम्मेवार बनाउन विपक्षी राष्ट्रिय मानवअधिकार आयोगको नाउँमा समेत परमादेश जारी गरी पाउँ ’आदेशमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ