थ्रीनेसन्स कपको उपाधीका लागि नेपालले आज लाओससँग खेल्दै

थ्रीनेसन्स कपको उपाधीका लागि नेपालले आज लाओससँग खेल्दै

  • शुक्रबार, चैत्र १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

काठमाडौं चैत्र १७ । प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको उपाधिका लागि शुक्रबार नेपाल र लाओस भिड्दैछन् । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साँढे ५ बजे हुनेछ ।

नेपाल लाओसलाई हराएर उपाधि उचाल्न चाहन्छ । लाओस भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । शुक्रबारको खेलमा पनि नेपाल त्यहिँ लय कायम राख्न चाहन्छ ।

लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको थियो भने लाओसले दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । प्रतियोगिताको अर्को टोली भुटान भने तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ