चिसोको कारण ४ जना मिटरब्याजपीडित अस्पताल भर्ना

चिसोको कारण ४ जना मिटरब्याजपीडित अस्पताल भर्ना

  • बिहिबार, चैत्र १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

चैत १६, काठमाडौँ । महोत्तरीबाट पैदल हिडेर काठमाडौं आएका मिटरब्याजपीडितलाई चिसोका कारण समस्या भएको छ । वीर अस्पतालको स्वास्थ्यकर्मीको टोलीले गरेको जाँचमा ९ जनामा चिसोको समस्या देखिएको हो ।

९ जनामध्ये ५ जना सामान्य उपचारपछि फर्किएको र बाँकी ४ जनालाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने भएको अस्पतालले जनाएको छ । पीडित पक्ष र सरकारी टोलीबीच बिहीबार साँझ ६ बजे बैठक बस्ने तयारी रहेको बताइएको छ ।

महोत्तरीको बर्दिबासबाट चैत २ मा पैदल यात्रा थालेका मिटरब्याजपीडितहरू आइतबार काठमाडौं आइपुगेका हुन् । सुदखोरले दिएको पीडाबाट मुक्ति दिलाउनुपर्ने र मिटरब्याजी तमसुक व्यवस्था खारेज गर्नुपर्ने माग सरकारलाई सुनाउन उनीहरू पैदल राजधानी आइपुगेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ