सर्लाही, १४ चैत । नेपाल दलित मुक्ति मोर्चाको प्रदेश सम्मेलन वैशाख १३ गते हुने भएको छ । मोर्चाको मधेस प्रदेश समितिको बैठकले आगामी वैशाख १३ र १४ गते दुई दिन प्रदेश सम्मेलन सर्लाही को लालबन्दी मा गर्ने निर्णय गरेको छ।
मोर्चाको संयोजक लवकुश बैठा को अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथी नेकपा(माओबादी केन्द्र) को प्रदेश कार्यालय सदस्य पुर्ब मन्त्री महेन्द्र पासवान हुनुहुन्थ्यो । बैठक मा मधेस प्रदेश अन्त्रगत रहेको बारा बाट रामचन्द्र साफी,पर्सा बाट महेन्द्र राम, रौतहट बाट चन्देश्वर राउत,सर्लाही बाट रामसेवक राम, महोत्तरी बाट मक्कर लाल बि.क, धनुषा बाट बिनोद महरा,सिराहा बाट महेन्द्र सदा र सप्तरी बाट बद्री सदा रिपोर्टिङ गर्नु भयो।
सम्मेलनको कार्यबिधी सहित सम्मेलनको सफलताको लागि विभिन्न उप-समितिहरु गठन गरिएको छ। दलित आन्दोलन लाई अगाडि लैजान नयाँ कार्यबिधी पारित गर्ने निर्णयसहित लवकुश बैठाको अध्यक्षमा दलित बिज्ञ सहितको सुझाव संकलन समिति पनि गठन भएको छ।

बैठक मा १२५ जना प्रतिनिधि पर्यवेक्षकको सहभागी थियो। जनकपुर माओबादी केन्द्र को कार्यालय मा बैठक सम्म्पन भएको हो ।