बोर्डमा चिकेन स्टेसन, मासु गाईको बिक्री गरेको पाईएपछि कार्बाही गर्न मधेशी आयोगको माग

बोर्डमा चिकेन स्टेसन, मासु गाईको बिक्री गरेको पाईएपछि कार्बाही गर्न मधेशी आयोगको माग

  • मङ्लबार, चैत्र १४, २०७९
  • दिपक चौरसिया

  • 4.3K
    SHARES

पर्सा १३ चैत । बीरगंज महानगरपालिका वडा नं. ६ लोहरपट्टी गल्लीमा रहेको एक होटलमा नेपालको राष्ट्रिय जनावर एवं हिन्दू समुदायले आमाको रुपमा पूजा गर्ने गाईको मासु विक्रि वितरण भईरहेको आफ्नो आधारिक फेसबुक पेजमा प्रचार प्रसार गरेपछि वीरगंजमा खैला बैला मच्चेको छ ।
वीरगंजको चिकेन स्टेशन रेस्टुरा ९होटल०मा गाइको मासु विक्री हुने विज्ञापन राखेपछि हाल हिन्दू समाज तथा सामाजिक सञ्जालमा होटललाई बायकट गर्ने अभियान सुरु भएको छ । रेस्टुराले आफ्नो आधिकारीक फेसबूक पेजबाट आपत्तीजनक पोस्ट सेयर गरेपछि बीरगंजमा स्थानीय युवाले सामाजिक सञ्जाल मार्फत चिकेन स्टेशनका सञ्चालकहरुमाथि कानूनी कारवाही गर्न माग गरिरहेका छन् ।
चिकेन स्टेशनले रमदानको अवसरमा फेसबूक मार्फत ‘बीफ कबाब’ मा १० प्रतिशत छुटको विज्ञापन राखेको थियो । रेस्टुराँले आफ्नो फेसबूक पेजबाट उक्त विज्ञापन हटाएर भूलवस राखिन गएको भन्दै माफी पनि मागिसकेको छ । तर विज्ञापनको स्क्रिनसट राखेर सामाजिक सञ्जालमा युवाहरुले रेस्टुराँलाई बायकट गर्न र सञ्चालकहरुमाथि कानूनी कारवाही गर्न माग गरिरहेका छन् ।
युवाहरुले रेस्टुराँको पोस्टलाई हिन्दू धर्ममाथि प्रहारको संज्ञा दिएका छन् । ‘हामीले आमा सम्मान दर्जा दिएको गौ माताको मासू विक्री गर्ने रेस्टुराँले भूलवस भनेर पन्छिन पाउँदैन’, सामाजिक सञ्जालमा युवाहरुले, ‘यो हाम्रो धर्ममाथि प्रहार हो । यसलाई सामान्य त्रुटी भनेर छोड्न मिल्दैन । रेस्टुराँको सञ्चालकहरुमाथि कडा कारवाही हुनुपर्छ । सबैले मिलेर चिकेन स्टेशनलाई बायकट गरौं ।’
सो विषयलाई लिएर युुवाहरुले आईतवार होटल अगाडि पुगेर “जय श्री राम”, “हिन्दू धर्मलाई अपमान गर्र्न पाईदैन”, “दोषीमाथि कारवाही गर” लगायतका नाराहरु लगाई होटल बन्द गर्न माग गरेका थिए ।
यता जिल्ला प्रहरी कार्यालयले रेस्टुराँमा छापामारी गरेर त्यहांबाट विभिन्न खाद्या सामग्री जफत गरेको छ । बिफ कबाब विक्री भइरहेको जानकारी पाए लगतै पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले रेस्टुरामा छापामारी गर्दै त्यहां रहेका खाद्या सामग्रीको जांच गर्न आदेश दिएका थिए । एसपी शाहका अनुसार छापामारीका क्रममा रेस्टुरांमा विज्ञापनमा भनिएको जस्तो बिफ कबाब अर्थात गाईको मासु फेला नपरेको बताए ।

वीरगंज स्थित चिकेन स्टेशनमाथि कारवाही गर्न मधेशी आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । विज्ञापन समाजिक संजालमा भाइरल भएपछि विभिन्न संघ संगठनले मधेसी आयोगमा राष्ट्रिय जनावर गाईको मासु बेच्न खोज्ने चिकेन स्टेशनलाई कारबाही गर्नका लागि उजुरी दिएको बुझिएको छ । सोही उजुरीको आधारमा मधेशी आयोगको  पत्रबाट आयोगका शाखा अधिकृत विन्दुदेवी शर्माद्वारा कारवाही गर्न पत्राचार गरिएको छ ।

सोही विषयलाई लिएर चिकेन स्टेशनका संचालक अरुण झाले सोमवार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गर्दै गल्ती स्विकार गर्दै क्षमायाचना गरेका छन् । साथै आउने दिनमा यस्ता गल्ती दोहरिन नदिने प्रतिबद्धता जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी