मीटरव्याज पीडितः खुल्लामञ्च छिर्न नदिएपछि सडकमै बास, टपरीमा भात !

मीटरव्याज पीडितः खुल्लामञ्च छिर्न नदिएपछि सडकमै बास, टपरीमा भात !

  • मङ्लबार, चैत्र १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

चैत्र १४ काठमाण्डौँ । दुई हप्ता भन्दा बढी समय लगाएर पैदल यात्रा गरी खुट्टामा ठेला उठाँउदै काठमाण्डौमा आईपुगेका मीटरव्याज पीडितले काठमाण्डौँमा सजिलो बास समेत पाएनन् । उनीहरु खुल्लामञ्चमा बसेर नियमित धर्ना दिन चाहन्थे ।

तर काठमाण्डौका मेयर बालेन शाहको आदेशमा उनीहरुलाई खुल्लामञ्च जान दिईएन । त्याहाँ भोटेताल्चा लगाएर उनीहरुलाई सडकपेटिमै बस्न बाध्य पारियो । उनीहरुलाई शान्ति बाटीकामा जान मेयर शाहले अनुरोध गरेका छन् ।

महानगरले मञ्च जान नदिएपछि पीडितहरुको सडकमै बास र टपरीमा गाँसको साथ रात बिताउन बाध्य भएका छन् ।

मिटरव्याजी साहुकारहरुका कारण घरबार बिहीन बनेका पीडितहरु महोत्तरी सहित विभिन्न ठाँउबाट पैदलै हिँडेर काठमाण्डौँ आईपुगेका छन् । उनीहरुलले मिटरव्याजीलाई कार्बाही र स्पष्ट नीति बनाई आफूहरुलाई बिचल्ली हुनबाट जोगाउन माग गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी