काठमाडौं चैत्र १३ । गायक तथा मोडेल दुर्गेश थापाले कुटपिट गरी सुनको सिक्री लुटेको भन्दै प्रहरीमा जाहेरी परेको छ ।
दुर्गेश थापाले कुटपिट गरेको भन्दै एक युवाले उजुरी दिएका छन् । गत शनिबार म्युजिक भिडियो कलाकार संघले वनभोजको आयोजना गरेको थियो। उक्त वनभोजमा उपस्थित भएका गायक थापाको टोलीले टिकटकर रिदम क्षेत्रीको समूहलाई कुटपिट गरेको थियो।
प्रहरीका अनुसार थापासहित ३ जनाविरुद्ध महाराजगञ्जमा उजुरी परेको हो। गायक थापाले क्षेत्रीको डेढ तोलाको सिक्रीसमेत लुटेको आरोप लागेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline