रुससँग नेपाल ३–० गोल अन्तरले पराजित

रुससँग नेपाल ३–० गोल अन्तरले पराजित

  • सोमवार, चैत्र १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

चैत्र १३ काठमाण्डौँ । साफ यू–१७ महिला च्याम्पियनसिप २०२३ मा नेपाललाई रसियाले पराजित गरेको छ।

बंगलादेशमा भइरहेको प्रतियोगितामा नेपाललाई गएराति रसियाले ३–० गोलले पराजित गरेको हो।

नेपालले रुस बिरुद्ध कुनै पनि गोलको अवसर खासै सृजना गर्न सफल रहेन । यस अघि पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो । नेपालले भुटान बिरुद्ध भने ५–० गोल अन्तरले जीत हासिल गरेको थियो ।

नेपालले अन्तिम खेल बंगलादेश बिरुद्ध खेल्नेछ । प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, नेपाल, भारत र आमन्त्रितको रूपमा रसिया सहभागी छन्।

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टिम च्याम्पियन हुनेछ। अहिलेसम्म रसिया तीनै खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ