चैत्र १०, काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक९आईजीपी०मा वसन्त कुँवर नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा नियुक्त गरेको हो ।
कुँवर केही दिनअघि मात्र डीआईजीबाट एआईजीमा बढुवा भएका थिए । कुँवर यसअघि मधेश प्रहरी प्रमुख थिए । सरकारले चैत ६ गते कुँवरसँगै डीआईजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजीमा बढुवा गरेको थियो ।
एआईजीहरू विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण बीसी, रवीन्द्रबहादुर धानुक र पूजा सिंहले अनिवार्य अवकाश पाएपछि उनीहरूको ठाउँमा बढुवा ५ डीआईजीको बढुवा गरिएको हो । थापा २०५२ र अरु ४ जना २०५१ सालमा निरीक्षकबाट प्रहरी सेवा प्रवेश गरेका हुन् ।
भोलीदेखि आईजिपी धिरज प्रताप खनाल अवकाशमा जाने भएकाले आज नयाँ आईजिपी नियुक्त भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline