लागू औषध तस्करीमा शसस्त्र प्रहरीका तीन जवान, नेपाल प्रहरीले नियन्त्रणमा लियो

लागू औषध तस्करीमा शसस्त्र प्रहरीका तीन जवान, नेपाल प्रहरीले नियन्त्रणमा लियो

  • शुक्रबार, चैत्र १०, २०७९
  • दिपक चौरसिया

  • 3.2K
    SHARES

पर्सा, १० चैत्र । भारतबाट लागु औषध ओसार पोसार गर्ने सशस्त्र प्रहरीका तिन जना कर्मचारीलाई नेपाल प्रहरीले आफ्नो नियन्त्रणमा लिन सफल भएको छ । विगत लामो समयदेखी लागु औषध कारोवारमा संलग्न रहेका तिन जना सशस्त्र प्रहरीका कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको हो ।

चैत्र २ गतेका दिन सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणमा कार्यरत रहेका सशस्त्र प्रहरी जवान मोहन कुवर लागु औषध खैरो हिरोइन सहित पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित संक्राचार्य गेट नजिकैबाट लागु औषध खैरो हिरोइन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

उहाले चैत्र ३ गतेका दिनपनि सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणमा कार्यरत सशस्त्र प्रहरीकै दुई कर्मचारीलाई लागु औषध सहित पक्राउ गरिएको बताउनु भयो । भारतको रक्सौलबाट वीरगंजतर्फ लागु औषध लिएर आइरहेकै क्रममा सशस्त्र प्रहरी जवान बिशाल आले मगर र सशस्त्र प्रहरी हवलदार लालबहादुर गुरुङलाई समेत नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनु भयो ।

लागु औषध सहित पक्राउ परेका तिन जनै सशस्त्र प्रहरीका कर्मचारीलाई नियन्त्रणमा राखी अवाश्यक कारवाही पकृया अगाडी बढाइएको प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी