पवित्र महिना रमदानको अवसरमा अध्यक्ष शाहद्धारा शुभ कामना व्यक्त

पवित्र महिना रमदानको अवसरमा अध्यक्ष शाहद्धारा शुभ कामना व्यक्त

  • शुक्रबार, चैत्र १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

नरैनापुर १० चैत्र । बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमदानले विविध धर्म र संस्कृति अँगाल्ने नेपालका सबैमा सौहाद्रता र राष्ट्रिय एकताको भावना अझै मजबुत बनाउन प्रेरित गरोस् भन्ने कामना दिनु भएको छ ।

शुभकामना दिदै अध्यक्ष शाहले पवित्र महिना रमदानको अगमनसँगै शान्ति र भाइचाराको सन्देश प्रवाह गर्दै यस पर्वका अवसरमा विश्वभरका इस्लाम धर्मावलम्बीलाई ‘रमदान मुवारक’ भन्दै शुभकामना दिनु भयो ।

इस्लामिक क्यालेन्डरअनुसार रमदानको एक महिनाभरि भोक र तिर्खा बिर्सेर इन्द्रियहरूलाई क्रोध र स्वार्थजस्ता अवगुणबाट टाढा राखी मानव जातिका लागि आदर्श जीवनयापनको अभ्यास गर्ने अवधिका रुपमा ग्रहण गरिएको अध्यक्ष शाहले बताउनु भयो ।
अध्यक्ष शाहले देशमा इस्लाम धर्मावलम्बीको धार्मिक स्वतन्त्रता, हकअधिकारलाई सुव्यवस्थित एवं सुनिश्चित गर्न राज्यलाई गम्भीर बन्न जरुरी रहेको जिकिर गर्नु भएको थियो ।

यसैगरी मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रका केन्द्रीय अध्यक्ष एंव मुस्लिम पत्रकार क्लबका अध्यक्ष आलम खानले रमदान महिनाले सबै समुदायका नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने भन्दै शुभ कामना व्यक्त गर्नु भयो ।
संविधानले सबै धर्म र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्य लिएको बताउदै मुस्लिम समुदायको संस्कृतिको संरक्षण गर्न रमदानको रोजाको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ