चैत्र १० काठमाण्डौँ । भर्खरै बढुवा भएका पाँच एआईजी मध्यबाट आज सरकारले नयाँ प्रहरी महानिरीक्षक तोक्दैछ ।
आज अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिबारबाट अवकाशमा जाँदै छन् । उनलाई आज विदा गरिनेछ ।
सिंहको अवकाश सँगै ३० औँ आईजीपी बन्न पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुबीच तीव्र प्रतिस्पर्धा छ ।
चैत ६ मा अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार हुन् ।
आईजीपी हुने प्रतिस्पर्धामा वसन्त कुँवर र श्यामलाल ज्ञवाली अगाडि छन् । वसन्त कुँवर मेरिट लिस्टको एक नम्बरमा छन् । कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका थिए ।
कुँवरसँगै प्रहरी सेवामा आएका श्यामलाल ज्ञवाली मेरिट लिस्टको चौथो नम्बरमा छन् ।
नयाँ आईजिपी नियुक्तिमा प्रधानमन्त्री प्रचण्डले आन्तरीक परामर्श गरेर तयारी गरेको बुझिएको छ ।