लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

  • बिहिबार, चैत्र ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

बिराटनगर, चैत्र ९ गते । कोशी प्रदेशका मोरङ र झापा जिल्लाका बिभिन्न स्थानहरुबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ बाट, बिराटनगर-११ का २० बर्षीय बिनयक शर्मा र २३ बर्षीय अमर कुमार साहलाई ब्राउनसुगर सहित पक्राउ गरेको हो । को ८ प ७६२ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट २.६८ ग्राम लागुऔषध ब्राउनसगुर बरामद भएको थियो ।

यसैगरी धरान-१६ का २१ बर्षीय मोहन श्रेष्ठ र लालिगुराँस नगरपालिका-७ तेह्रथुमका २८ बर्षीय राजेन्द्र भण्डारीलाई समेत बिराटनगर-१५ बाट १.५० ग्राम लागुऔषध ब्राउनसगुर सहित सोही टोलीले बुधवार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी कोठा भाडामा लिई लागुऔषध बेचबिखन भईरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-७ घर भई पथरीमा बस्दै आएकी ३७ बर्षीया सन्जु फागोलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

फागोको साथबाट प्रहरीले २३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतिय नागरीक ३४ बर्षीय ताहिर हुसेनलाई ४ ग्राम ब्राउनसुगर सहित मेचीपुलबाट बुधवार पक्राउ गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ