युक्रेनको पुननिर्माणका लागि ४११ अर्ब डलर खर्च हुने : विश्व बैंक

युक्रेनको पुननिर्माणका लागि ४११ अर्ब डलर खर्च हुने : विश्व बैंक

  • बिहिबार, चैत्र ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

चैत्र ९ एजेन्सी । रुसी आक्रमणबाट ध्वस्त भएको युक्रेनमा पुनर्निर्माणका लागि ४ सय ११ अर्ब डलर खर्च लाग्ने अनुमान विश्व बैंकले गरेको छ ।

युद्धबाट भत्किएका भग्नावशेषहरु हटाउन मात्रै ५ अर्ब डलर लाग्ने विश्व बैंकले अनुमान गरेको हो । युद्धबाट अहिलेसम्म ध्वस्त भएका संरचनाको पुनर्निर्माण गर्न कम्तिमा १० वर्ष लाग्ने र त्यसका लागि ४ सय ११ अर्ब डलर लाग्ने विश्व बैंक, युक्रेन सरकार, युरोपियन युनियन र राष्ट्र संघको संयुक्त अध्ययनले देखाएको हो ।

गत सेप्टेम्बरसम्ममा करिब साढे ३ सय अर्ब डलर लाग्ने अनुमान गरिएकोमा ६ महिनामा ६० अर्ब बढीले खर्चको अनुमान बढेको जनाइएको छ ।

युद्धबाट २० लाख घरमा क्षति पुगेको, ५ वटा मध्ये एउटा सार्वजनिक भवन ध्वस्त भएको, ६ सय ५० वटा एम्बुलेन्स क्षति ग्रस्त भएको र अहिलेसम्म ४ सय ६१ जना बालबालिकासहित ९ हजार ६ सय ५५ जना सर्वसाधारणको मुत्यु भएको तथ्यांक पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ