चैत्र ९ काठमाण्डौँ । गोरखाको लार्केपास जाँदै गर्दा हिउँमा फसेका २ जना नेपालीको उद्धार गरिएको छ। दुईजना हिउँमा फसेको जानकारी आएपछि उनीहरूलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले उद्धार गरेको हो।
बुधबार लार्केपासका लागि हिँडेका नवलपुर कावासोतीका सौरभ खनाल र अनिता घलेलाई प्रहरीले आज उद्धार गर्न सफल भएको हो । उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको प्रहरीले बताएको छ ।
बुधबार बिहान उनीहरू सामागाउँको लार्केगाउँबाट त्यसतर्फ लागेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline