प्रधानमन्त्री कप अन्तराष्ट्रिय फुटवल प्रतियोगीतामा नेपालको बिजयी शुरुवात, अनन्त र नवयुगले गरे लाओस बिरुद्ध गोल

प्रधानमन्त्री कप अन्तराष्ट्रिय फुटवल प्रतियोगीतामा नेपालको बिजयी शुरुवात, अनन्त र नवयुगले गरे लाओस बिरुद्ध गोल

  • बुधबार, चैत्र ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

चैत्र ८ काठमाण्डौँ । काठमाण्डौँमा आज शुरु भएको प्रधानमन्त्री कप अन्तराष्ट्रिय फुटवल प्रतियोगीतामा नेपालले बिजयी शुरुवात गरेको छ । दशरथ रंगशालामा आज साँझ सम्पन्न पहिलो खेलमा नेपालले लाओस बिरुद्ध दुई शुन्य गोल अन्तरले जीत हात पारेको हो ।

नेपालको लागि अनन्त तामागं र नवयुग श्रेष्ठले गोल गरे । अनन्तले ३० औँ मिनेटमा कर्नरबाट नवीन श्रेष्ठले प्रहार गरेको बललाई हेडर मार्फत गोलमा परिणत गरेर अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफ्को ५६ औँ मिनेटमा नवयुग श्रेष्ठले ४० यार्डबाट उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

त्यसपछि लाओसले पाएका केही अवसरमा गोल गर्न नसक्दा उसले गोल अन्तर कम गर्न समेत सकेन ।

नेपालले अर्को खेल भुटान बिरुद्ध शनिबार खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ