प्रधानमन्त्री कप फुटपल प्रतियोगीता आज शुरु हुँदै, पहिलो खेलमा नेपालले लाओसको सामना गर्ने

प्रधानमन्त्री कप फुटपल प्रतियोगीता आज शुरु हुँदै, पहिलो खेलमा नेपालले लाओसको सामना गर्ने

  • बुधबार, चैत्र ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

८ चैत, काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता आजबाट काठमाण्डौँमा शुरु हुँदैछ । आज उद्घाटन खेलमा नेपालले लाओसको सामना गर्नेछ ।

अखिल नेपाल फुटबल संघ एन्फाले फिफा विन्डोको समय पारेर भुटान र लाओस टिमलाई आमन्त्रण गरी त्रिदेशीय फुटबल प्रतियोगिता आयोजना गरेको हो । नेपाल र लाओसबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेदेखि सुरु हुनेछ ।

नेपालले लाओससँग सन् २०१६ यता पहिलोपल्ट खेल्न लागेको हो । एएफसी सोलिडारिटी कपको फाइनलमा नेपालले लाओसलाई पेनाल्टी शुटआउटमा ३–० ले हराएको थियो ।

नेपाली राष्ट्रिय फुटवल टोलीका नयाँ प्रशिक्षक ईटालीका भिन्सेन्टो अलबर्टो एनेसेले जिम्मेवारी पाएपछि नेपालले पहिलो पटक विदेशी टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाली टिमको कप्तान किरण कुमार लिम्बु रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ