नेपाल एयरलाइन्सको विमानले क्षमताभन्दा धेरै सामान बोकेपछि पाइलटसहित सात जनालाई ग्राउन्डेड

नेपाल एयरलाइन्सको विमानले क्षमताभन्दा धेरै सामान बोकेपछि पाइलटसहित सात जनालाई ग्राउन्डेड

  • मङ्लबार, चैत्र ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

चैत ७, काठमाडौँ । नेपाल एयरलाइन्सको विमानमा लोड सिटमा भन्दा १ सय ७ केजी बढी सामान बोकेको पाइएपछि नागरिक उड्डयन प्राधिकरणले चालक दलसहित सात जनालाई ग्राउन्डेड (कारबाही) गरेको छ ।

सोमबार बिहान ताप्लेजुङबाट काठमाडौं फर्किँदा निगमको ट्विनअटर ९एन एबीटी विमानमा लोड सिटमा लेखिएको भन्दा १ सय ७ केजी बढी सामान बोकेको पाइएपछि नागरिक उड्डयन प्राधिकरणले चालक दलका तीन जना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई ग्राउन्डेड गरेको प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

यस घटनाबारे विस्तृत छानबिन गर्न निगमलाई प्राधिकरणले पत्राचार गरेको । प्रवक्ता निरौलाका अनुसार उक्त विमानमा ताप्लेजुङबाट १५ यात्रु काठमाडौं आएका थिए । जसमा ६ पुरुष, ९ महिला थिए । तर जहाजको लोड सिटमा १० महिला र ५ पुरुष लेखिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ