माओवादी संसदीय दलका नेता ईन्द्र आङ्बो चढेको गाडीमा ढुंगा प्रहार

माओवादी संसदीय दलका नेता ईन्द्र आङ्बो चढेको गाडीमा ढुंगा प्रहार

  • मङ्लबार, चैत्र ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

चैत ७, ताप्लेजुङ । कोशी प्रदेश माओवादी संसदीय दलका नेता तथा पूर्वअर्थमन्त्री ईन्द्र आङ्बोमाथि आक्रमण प्रयास भएको छ । पाँचथरको फिदिमबाट ताप्लेजुङ सदरमुकाम फुङलिङ आउने क्रममा ढुंगा प्रहार भएको हो । ढुंगाले लागेर आङ्बो सवार गाडीको सिसा फुटेको छ ।

सदरमुकाम फुङलिङदेखि ८ किलोमिटर तल पाँच सय मिटर टाढा लुकेर ढुंगा हानेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताईन् । आङबो अहिले सकुशल र कार्यक्रममा नै रहेको बताईन् । आक्रमण गर्नेको खोजी भइरहेको चेम्जोङले बताइन् । आक्रमणको जिम्मा कसैले लिएको छैन । उनी चढेको गाडी भने फर्किसकेको चेम्जोङले जानकारी दिइन् ।
कोशी प्रदेश खारेजी संयुक्त संघर्ष समितिले आक्रमणको जानकारी नभएको बताएको छ । समितिका सदस्य नवीन पोमु आफूहरूले सदरमुकाम फुङलिङमा कालो झन्डा देखाउन खोजेको तर उनी प्रहरीको गाडीमा आएकाले असफल भएको बताउँछन् ।
संसदीय दलका नेता आङबो र माओवादीका प्रदेश संयोजक हर्क नेम्वाङ मिक्सो पार्टी बैठक र संगठन सुदृढीकरण तथा कार्यकर्ता परिचालन कार्यक्रमको उद्धघाटनका लागि ताप्लेजुङ आएको जिल्ला संयोजक विष्णु हाङवाङ बिरुले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ