पाथीभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा एक जनाको मृत्यु

पाथीभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा एक जनाको मृत्यु

  • मङ्लबार, चैत्र ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

चैत ७, ताप्लेजुङ । पाथीभरा दर्शन गरेर फर्कने क्रममा माथिल्लो फेदीमा एक महिलाको मृत्यु भएको छ ।

मंगलबार बिर्तामोड–२ चारपाने झापाकी ४७ वर्षीया शिवमाया गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।

नन्द, भाञ्जा र अरु तीनजना साथीसॅगै पाथीभरा दर्शन गर्न आएकी उनी सोमबार बिहान मन्दिर पुगेर बेलुका माथिल्लो फेदी फर्किएकी थिइन् । ३१ सय मिटर उचाइको माथिल्लो फेदिको होटलमा बास बसेकी उनी बिहान शौचालय गएकी थिइन ।

लामो समयसम्म नफर्किएपछि नन्दले खोजी गर्दा शौचालयमै लडेको अवस्थामा भेटाएको कार्कीले बताए । स्थानीय स्वास्थ्यकर्मी उमानाथ पौडेलले परीक्षण गर्दा मृत्यु भइसकेको पाइएको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ