प्रधानमन्त्री थ्री नेसन्स कपः सात नयाँ खेलाडीसहित राष्ट्रिय फुटबल टिमको घोषणा

प्रधानमन्त्री थ्री नेसन्स कपः सात नयाँ खेलाडीसहित राष्ट्रिय फुटबल टिमको घोषणा

  • मङ्लबार, चैत्र ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

चैत ७, काठमाडौँ — प्रधानमन्त्री थ्री नेसन्स कपका लागि नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरिएको छ । सात नयाँ खेलाडीसहित मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले मंगलबार राष्ट्रिय फुटबल टिम घोषणा गरेका हुन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधबार लाओसको सामना गर्दैछ । घोषित २३ सदस्यीय टिमको कप्तानमा किरण लिम्बू रहेका छन् । उनीसँगै गोलरक्षकमा अभिषेक बराल र दीप कार्की छन् । यस्तै डिफेन्डरमा सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पद्म भट्टराई, आदित्य चौधरी र निशान खड्का छन् ।

मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणीकुमार लामा र भरत खवास छन् । फरवार्डमा भने आयुष घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अञ्जन विष्ट, अनिश चौधरी, सुमित श्रेष्ठ र मनीष डाँगी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ