कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको गाडीमाथि आन्दोलनकारीको आक्रमण

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको गाडीमाथि आन्दोलनकारीको आक्रमण

  • सोमवार, चैत्र ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

ओखलढुंगा चैत्र ६। ओखलढुंगामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा आक्रमण भएको छ ।

ओखलढुंगाको सदरमुकाम गोरुमारेभञ्ज्याङमा पहिचान पक्षधरहरुले ओखलढुंगा सदरमुकाममा कार्यक्रम सकेर तलुवाको सामुदायिक भवन उद्घाटन गर्न जाने क्रममा पहिचान पक्षधरहरु एक्कासि आक्रमणमा उत्रिएका थिए ।

कोशी प्रदेशको नाम सच्याउन माग गर्दै प्रदर्शनमा रहेका उनीहरुले मुख्यमन्त्री सवार गाडीको झण्डा भाँचेर फालिदिएका छन् ।

मुख्यमन्त्री कार्कीले ओखलढुंगामा प्रदेश सरकारबाट निर्माण हुने र निर्माण सम्पन्न भएका ८ वटा विकासका संरचना शिलान्यास, हस्तान्तरण तथा उद्घाटन गरेका थिए ।

उनले कोशी प्रदेश सहमतिमै पहिचान सहितकै नाम भएको भन्दै बिरोध गर्नुको औचित्य नभएको बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ