सडक शिलान्यासका लागि प्रधानमन्त्री र उपप्रधानमन्त्री गोर्खा जाँदै

सडक शिलान्यासका लागि प्रधानमन्त्री र उपप्रधानमन्त्री गोर्खा जाँदै

  • सोमवार, चैत्र ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

चैत ६, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोर्खा र लमजुङका लाखौं जनसंख्या लाभान्वित हुने पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजनाको मंगलबार शिलान्यास गर्नुहुने भएको छ। पालुङटार नगरपालिकाको विमिरेमा बिहान ११ बजे हुने शिलान्यासका लागि उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई समेत गोर्खा जाने कार्यक्रम छ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यो योजना कार्वन्यनमा बिशेष पहल गर्नु भएको थियो । यो योजना तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य लिएको बताइएको छ। पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साँढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ। भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैया छ।

वूड हिल-लामा जेभी, महाराजगन्जले ३० महिनामा सक्नेगरी ठेक्का पाएको यो सडक योजनाबाट गोर्खाको पालुङटार नगरपालिका एवम् सिरानचोक, छोप्राक र अजिरकोट गाउँपालिका तथा लमजुङको राइनास र दुधपोखरी नगरपालिकाका विभिन्न वडाबासीहरू लाभान्वित हुनेछन्।

योजनाबाट गोर्खा र लमजुङका गरी चार लाख ३० हजार भन्दा बढी जनसंख्या लाभान्वित हुने अनुमान सडक विभाग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय र योजना कार्यालय गोर्खाले गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ