५ चैत, धनगढी । कैलालीको अत्तरियामा एक होटलमा दुई बच्चा छाडेर आमा वेपत्ता भएपछि बच्चाहरु अलपत्र परेका छन् ।
अत्तरिया बसपार्क नजिकैको रौला केदार होटलमा बझाङको खप्तडछान्ना घर बताउने ६ वर्षीया बालिका र उनका चार वर्षीय भाइ अलपत्र अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
दुई बालबालिका अलपत्र परेको सूचना पाएपछि प्रहरीले उनीहरुलाई उद्धार गरेको छ ।
आमाको नाम सरिता गिरी र बुवाको नाम गणेश गिरी बताउने उनीहरु आमासँगै भारतबाट आएको बुझिएको छ ।
उनीहरुलाई छाडेर आमा कहाँ गईन भन्ने एकीन नभएको र खोजी भईरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline