चैत्र ५ काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । शनिवार काठमाडौँमा सम्पन्न संघको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
निरौलाले अध्यक्ष पदकी निकटतम प्रत्यासी रेजिना उप्रेतीलाई २६ मतले हराए । कूल खसेको मत ४६८ मध्ये निरौलाले २३५ मत प्राप्त गरे भने उप्रेतीले २०९ मत प्राप्त गरिन् । २६ मत बदर भएको थियो ।
संस्थाको स्थापनाकालदेखि नै निरौलाले महासचिव र उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी विजयी भए ।
महासचिवमा सबिन श्रेष्ठ निर्वाचित भए । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भए । सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी थिइन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline