राष्ट्रपतिले तामझाम नगरी सवारी भई कुमारी घर पुगे
काठमाडौं चैत्र ४ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन्।
शनिबार वसन्तपुरस्थित कुमारी घर पुगेका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गरेका थिए।
राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्य लगायतले कुमारी घरमा स्वागत गरेका थिए।
राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गरेका हुन्।
राष्ट्रपतिको सवारीका बेला सडक खाली गराईएको थिएन । सर्वसाधारणले सहजै यात्रा गर्न पाएका थिए । यस अघिकी राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेलामा सडकमा हिँडेको भन्दै चिकित्सक कुटिएपछि राष्ट्रपतिको चर्को आलोचना भएको थियो ।
यपूजाको प्रसाद पुर्याउने परम्परा छ।