पत्रकार विकाउ छन् भन्ने सभामुखको अभिव्यक्ति बिरुद्ध महासंघको आपत्ति, नसच्चिए दबाबमुलक कार्यक्रम गर्ने

पत्रकार विकाउ छन् भन्ने सभामुखको अभिव्यक्ति बिरुद्ध महासंघको आपत्ति, नसच्चिए दबाबमुलक कार्यक्रम गर्ने

  • शनिबार, चैत्र ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

चैत्र ४ काठमाण्डौँ । सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएका अभिव्यक्तिप्रति आपत्ति जनाउदै नेपाल पत्रकार महासंघले यो अभिव्यक्ति फिर्ता नलिए दबाबमुलक कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

नेपाल पत्रकार महासंघले संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र नवनिर्वाचित सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रमसहित हिजो सभामुख देवराज घिमिरे र नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलबीच भएको भेटघाटका क्रममा सभामुख घिमिरे पत्रकारहरू बिक्रीमा रहेको भन्दै अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको पत्रकार महासंघले ठहर गरेको छ।

‘सार्वभौम संसदको मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुस्खद छु, महासंघले विज्ञप्तिमा जारी गर्दै भनेको छ।

सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत् ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको थियो।

आफ्ना आरोप पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्धता जनाउन सभामुखसमक्ष महासंघ आग्रह गरेको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ