काठमाडौं चैत्र ३ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुद र प्रवद्र्धन गर्न इमान्दारितापूर्वक आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उपराष्ट्रपतिमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उपराष्ट्रपति यादवले शान्ति प्रकृया निष्कषमा पुग्न बाँकी रहेकोले त्यो पूरा गर्न आफ्नो तर्फबाट भूमिका खेल्ने पनि बताए ।
जसपाबाट निर्वाचित भएका उनले शपथ ग्रहण र पदभार लिन बाँकी छ । यादवले सङ्घीय संसद्तर्फ एक सय ८४ र प्रदेशतर्फ तीन सय २९ मत (कूल ३० हजार तीन सय २८ मतभार ) प्राप्त गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline