दुर्गा प्रसाईको अभियान देशद्रोही भन्दै नियन्त्रणमा नलिए प्रतिकार गर्ने ओलीको चेतावनी

दुर्गा प्रसाईको अभियान देशद्रोही भन्दै नियन्त्रणमा नलिए प्रतिकार गर्ने ओलीको चेतावनी

  • शुक्रबार, चैत्र ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

चैत्र ३ काठमाण्डौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईको अभियानप्रति आपत्ति जनाउदै मुलुकमा देशद्रोही अभियान चलाईरहँदा पनि सरकार कानमा तेल हालेर बसेको भन्दै चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै ओलीले व्यवसायी दुर्गा प्रसाईका देशद्रोही गतिविधिलाई सरकारले तत्काल नियन्त्रणमा नलिए जनताले त्यसको प्रतिकार गर्ने चेतावनी दिए ।

उनले साग र साईकल सस्तोमा पाईन्छ भनेर देश नै अर्को देशमा मिसाई दिने अभिव्यक्ति दिनेलाई सरकारले किन नसुनेको भनि प्रश्न समेत गरे।

उनले भने, ‘अहिले त अचम्म लाग्छ–सरकारको नोटिसमा छ कि छैन, सरकारले गराएको होकि होइनरु एउटा मान्छे कुद्छ, दुईटा मान्छे कुद्छ, एक हुल मान्छे कुद्छ। केही पेड मान्छेहरु थपडी बजाउन त्यहाँ पठाईन्छ। यो देश सार्वभौमसत्ता सम्पन्न राष्ट्र राख्न भन्दा विदेशीलाई बुझाई दियो भने, सुम्पिदियो भने साग सस्तो पाईन्छ, साईकल सस्तो पाईन्छ। किन यो देश राख्ने भन्छ ? सरकार सुन्छ कि सुन्दैन ? ओलीले भने ।

अध्यक्ष ओलीले राष्ट्र र राष्ट्रियताको विरुद्धमा वकालत गर्नेहरुलाई नेपाली जनताले नछाड्ने र एमालेले साथ दिने पनि स्पष्ट पारे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ