रुग्ण आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिएका छौँ, लगातार अनुगमन गर्छौं: उपप्रधानमन्त्री श्रेष्ठ

रुग्ण आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिएका छौँ, लगातार अनुगमन गर्छौं: उपप्रधानमन्त्री श्रेष्ठ

  • शुक्रबार, चैत्र ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काठमाडौं, ३ चैत ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले रुग्ण आयोजनाहरू तत्काल सम्पन्न गर्न निर्माण व्यबसायीहरूलाई निर्देशन दिनुभएको छ ।
शुक्रबार काठमाडौं उपत्यकाका भैँसेपाटी, बौद्ध जोरपाटी, बालाजु बाइपासलगायतका क्षेत्रहरूमा अनुगमन गरेपछि उपप्रधानमन्त्री श्रेष्ठले देशभर का रुग्ण उद्योग समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
आफू निर्देशन दिएर मात्रै नबस्ने उल्लेख गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले आयोजनाहरूको प्रगतिका बारेमा पनि अनुगमन गरिरहने बताउनुभयो । ‘निर्माणब्यबसायीहरूलाई बोलाएर देशभरिको रुग्ण आयोजना सम्पन्न गर्न निर्देशन दिएको छु । निश्चित समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिइएको छ,’ श्रेष्ठले भन्नुभयो, ‘त्योअनुसार अनुगमन पनि भएको छ, काममा केही प्रगति पनि भएका छन् । तर, अझै पनि पूरै सन्तुष्ट हुन सक्ने स्थिति छैन ।’

उपत्यकाका कतिपय क्षेत्रमा भत्किएका सडकहरू बनाउने काममा केही प्रगति भएको श्रेष्ठको भनाइ छ । उहाँले कतिपय सडक निर्माणमा खानेपानी, विद्युत्‌लगायत अन्य कार्यालयहरूको कारण ढिलाई भइरहेको बताउनुभयो । त्यस्तै निर्माण व्यबसायीका कारण पनि सडक निर्माणमा ढिलाइ भइरहेको बताउनुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई छिटो सम्पन्न गर्न आफू प्रयत्नशील रहेको बताउनुभयो ।

कतिपय अदालतको आदेशका कारण पनि काम रोकिएको भन्दै श्रेष्ठले अदालतको आदेशलाई हस्तक्षेप गर्न नसक्ने भए पनि त्यसमा अनुरोध गरेर अगाडि बढ्ने बताउनुभयो ।

गुणस्तरीय सरकारमा हिँड्न पाउने अधिकार नागरिकको भएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । त्यसैका लागि जनताले रोड ट्याक्स तिर्ने गरेको उहाँले बताउनुभयो । गुणस्तरीय सडकमा हिँड्न पाउने जनताको अधिकारलाई सरकारले प्रत्याभूत गर्नुपर्ने बताउनुभयो । त्यसका लागि सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ । “भैसेपाटी सडकको समस्या अब धेरै रहदैन” उहाले भन्नू भयो “पाइप बिछाउने कार्य पूरा भएको छ। अब एक महिना सडक पिच हुनेछ।”     

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ