उपराष्ट्रपतिको निर्वाचनमा मतदान सम्पन्न

उपराष्ट्रपतिको निर्वाचनमा मतदान सम्पन्न

  • शुक्रबार, चैत्र ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

उपराष्ट्रपतिको निर्वाचनमा मतदान सम्पन्न भएको छ । निर्धारित समयसम्म संघीय संसदतर्फ ३१० मत खसेको छ। प्रदेशसभाका ५१८ सदस्यहरुले मतदान गरेका छन्।
संघतर्फ २२ र प्रदेशतर्फ ३२ जना सांसद अनुपस्थित भएका छन्। अनुपस्थित हुनेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ जना र नेपाल मजदुर किसान पार्टीका एकजना सांसद रहेका छन्।

उता प्रदेशसभातर्फ ३२ जना सदस्य अनुपस्थित भएका छन्। अनुपस्थित हुनेमा राप्रपाका २८, जनता समाजवादी पार्टीका १ र नेमकिपाका ३ जना सांसद छन्।

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीमा ममता झा मैदानमा छन्। अहिले मत गणना शुरु भएको छ । केही बेरमै नतिजा सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ