नेपाली क्रिकेट खेलाडीमा अद्भूत क्षमता देखेँ मैलेः प्रशिक्षक देशाई

नेपाली क्रिकेट खेलाडीमा अद्भूत क्षमता देखेँ मैलेः प्रशिक्षक देशाई

  • शुक्रबार, चैत्र ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

चैत्र ३ काठमाण्डौँ । राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले ५० ओभरमा ३ सय ११ रनको लक्ष्य सम्हालिएर खेलेको अवस्थामा पछ्याउन कठिन नहुने भन्दै नेपाली टिममा आत्मविस्वास देखिएको बताएका छन् । यही लक्ष्यका साथ खेल्दा युएई बिरुद्धको खेलमा जित निकाल्न सफल भएको उनले बताए । नेपालले प्राप्त गरेको सफलतापछि भावुक समेत देखिएका देशाईले समर्थकलाई धन्यवाद दिए।

उनले सो क्रममा अहिले भएको टोलीमा धेरै खेलाडीमा अद्भूत क्षमता भएको र भविष्यमा उनीहरूले नेपाली क्रिकेटको लागि राम्रो गर्नसक्ने बताए।

लिग–२ को अन्तिम खेलमा नेपालले भ्रमणकारी युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले पराजित गर्दै नेपालले सिधै विश्वकप छनोटमा स्थानमा बनाउन सफल भयो । नेपालले युएईलाई हराएपछि शीर्ष तीन अटाउँदै विश्वकप छनोट खेल्न योग्य भएको हो ।

विश्वकप छनोट आगामी जुन र जुलाईमा जिम्बावेमा हुनेछ। जिम्बावेमा हुने छनोट खेलमा नेपालले अब टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग छनोट खेल खेल्नेछ। छनोटमा कुल १० टोली हुनेछन्।

विश्वकप छनोटमा सुपर लिग–२ का पुछारका पाँच टोली, लिग–२ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्ड र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरी कुल १० टोली हुनेछन्।

देशाई प्रशिक्षक भए पछि भएको १२ खेल मध्य नेपालले ११ खेलमा जीत हात पारी अविस्वसनीय नतिजा हात पारेपछि अहिले चौतर्फी बधाई आउने क्रम जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ