युएईलाई हराउदै नेपाल विश्वकप क्रिकेटका लागि छनौट, चार खेलाडीले पूरा गरे अर्धसतक

युएईलाई हराउदै नेपाल विश्वकप क्रिकेटका लागि छनौट, चार खेलाडीले पूरा गरे अर्धसतक

  • बिहिबार, चैत्र २, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

चैत्र २ काठमाण्डौँ । युएई बिरुद्ध आईसीसी लिग डिभिजन २ को अन्तिम खेलमा नेपाल उत्कृष्ट पुनरागमन गर्दै ९ रनको रोमाञ्चक जीत निकालेको छ ।

कीर्तिपुर मैदानमा बर्षा भएपछि खेल डिएल मेथडका आधारमा निर्णय गरिएको थियो । नेपालले ६ ओभरमा ४२ रनको आवस्यकता परेका बेला पानी परेको थियो । युएईले दिएको ३११ रनको बिशाल लक्ष्य पूरा गर्न नेपालले उत्कृष्ट पुनरागमन गरेको थियो ।

आजको यो खेलमा नायक सावित भए भीम सार्की, कुसल भूर्तेल, आरिश शेख र गुल्सन झा ।

शुरुमा खराब शुरुवात गरेको नेपालको पारी उकास्न भीम सार्की र आरिफ शेखले महत्वपूर्ण योगदान दिँदै जीतका लागि संघर्ष गर्ने स्थितिमा पुर्याएका थिए । भीमले ६७ रन पूरा गरे । आरिफ शेखले ५२ रन पूरा गरे भने गुल्सन झा ५० रनमा अविजीत रहे । ओपनर कुसल भूर्तेलले पनि ५० रन पार गराए । यीनै चार ब्याट्सम्यानले नेपाललाई विश्वकपमा छनौट हुन महत्वपूर्ण भूमिका खेले ।

युएईले दिएको ३११ रनको बिशाल चूनौती पछ्याएको नेपालले शुरुमै ओपनर आशिफ शेख शुन्य रनमै आउट हुँदा कुसल मल्ल ५ रन बनाएर पेभिलियन फर्किए । त्यसपछि रोहित पौडेल १६ रन बनाएर आउट भए । यस अघि नेपालको कमजोर बलिङको फाईदा उठाँउदै युएईले नेपाललाई ३११ रनको बिशाल चूनौती दिएको हो ।

टस जितेर ब्याटिङ गरेको युएईले पुरै ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन जोड्यो । युएईका लागि आशिफ खानले अविजीत १०१ रन जोड्दै शतक पूरा गरे । उनले ४२ बलमा १०१ रन पूरा गर्ने क्रममा ११ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यसपछि आरबिन्दले ९४ रन जोडे भने मोहम्मद वासिमले ६३ रनको योगदान युएईको उच्च योगफल तयार भयो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने सन्दीप लामिछाने , ललित राजवंशी र सोमपाल कामीले समान एक एक विकेट लिए ।

आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ ।

फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जित हात पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ