चैत्र २ काठमाण्डौँ । युएई बिरुद्ध आईसीसी लिग डिभिजन २ को अन्तिम खेलमा नेपाल जितका लागि संघर्ष गरीरहेको छ । शुरुमा खराब शुरुवात गरेको नेपालको पारी उकास्न भीम सार्की र आरिफ शेखले महत्वपूर्ण योगदान दिँदै जीतका लागि संघर्ष गर्ने स्थितिमा पुर्याएका छन् । अहिले आरिफ शेख अर्धसतक पूरा गरेर आउछ भएका छन् । यस अघि ६७ रन बनाएर भीम आउट भए भने कुसल भूर्तेलले पनि अर्ध शतक बनाएका थिए ।
यो खबर तयार पार्दा सम्म नेपालले ६ विकेट गुमाएर ३९.१ ओभरमा २२५ रन जोडेको छ ।
युएईले दिएको ३११ रनको बिशाल चूनौती पछ्याएको नेपालले शुरुमै ओपनर आशिफ शेख शुन्य रनमै आउट हुँदा कुसल मल्ल ५ रन बनाएर पेभिलियन फर्किए । त्यसपछि रोहित पौडेल १६ रन बनाएर आउट भए । यस अघि नेपालको कमजोर बलिङको फाईदा उठाँउदै युएईले नेपाललाई ३११ रनको बिशाल चूनौती दिएको हो ।
टस जितेर ब्याटिङ गरेको युएईले पुरै ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन जोड्यो । युएईका लागि आशिफ खानले अविजीत १०१ रन जोड्दै शतक पूरा गरे । उनले ४२ बलमा १०१ रन पूरा गर्ने क्रममा ११ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यसपछि आरबिन्दले ९४ रन जोडे भने मोहम्मद वासिमले ६३ रनको योगदान युएईको उच्च योगफल तयार भयो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने सन्दीप लामिछाने , ललित राजवंशी र सोमपाल कामीले समान एक एक विकेट लिए ।
यो खेल जितेमा नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहँदै विश्व कपका लागि छनौट हुनेछ । नभए नेपालले प्लेअफ खेल्नु पर्नेछ ।