नेपाल बिरुद्ध युएईको कीर्तिमानी ब्याटिङ , ३११ रनको बिशाल लक्ष्य

नेपाल बिरुद्ध युएईको कीर्तिमानी ब्याटिङ , ३११ रनको बिशाल लक्ष्य

  • बिहिबार, चैत्र २, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

चैत्र २ काठमाण्डौँ । युएई बिरुद्ध आईसीसी लिग डिभिजन २ को अन्तिम खेलमा नेपाली बलरहरु निरीह सावित भएका छन् । कमजोर बलिङको फाईदा उठाँउदै युएईले नेपाललाई ३११ रनको बिशाल चूनौती दिएको छ ।

टस जितेर ब्याटिङ गरेको युएईले पुरै ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन जोड्यो । युएईका लागि आशिफ खानले अविजीत १०१ रन जोड्दै शतक पूरा गरे । उनले ४२ बलमा १०१ रन पूरा गर्ने क्रममा ११ छक्का र ४ चौका प्रहार गरेका थिए ।

त्यसपछि आरबिन्दले ९४ रन जोडे भने मोहम्मद वासिमले ६३ रनको योगदान युएईको उच्च योगफल तयार भयो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने सन्दीप लामिछाने , ललित राजवंशी र सोमपाल कामीले समान एक एक विकेट लिए । नेपालले अब केही बेरमा जवाफी व्याटिङ गर्नेछ ।

यो खेल जितेमा नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहँदै विश्व कपका लागि छनौट हुनेछ । नभए नेपालले प्लेअफ खेल्नु पर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ