चैत्र २ काठमाण्डौँ । नेपालले आज युएई बिरुद्ध आईसीसी लिग डिभिजन- २ क्रिकेटको अन्तिम खेल खेलिरहेको छ । यो खेलमा जीत हात पारे नेपाल विश्वकपका लागि छनौट हुनेछ ।
यही अन्तिम खेल हेर्न र खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा पुगेका छन् ।
विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेल अघि उनले मैदानमै पुगेर खेलाडीहरूलाई शुभकामना दिएका छन्। नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएका हुन्।
आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको अन्तिम खेलमा नेपालले टस हारेर पहिले फिल्डिङ गर्दैछ । यो खबर तयार पार्दा सम्म युएईले उत्कृष्ट ब्याटिङ गर्दै १३.२ ओभरमा १ विकेटको क्षतिमा ७८ रन जोडेको छ ।
नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ। तिब्र गतिका बलर करण केसीको स्थानमा गुल्सन झालाई मौका दिइएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline