यो बुद्ध भूमि हो, यहाँ कसैलाई पनि मृत्युदण्ड दिन नहुने पक्षमा छु : ओली

यो बुद्ध भूमि हो, यहाँ कसैलाई पनि मृत्युदण्ड दिन नहुने पक्षमा छु : ओली

  • मङ्लबार, फाल्गुन ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौँ फागुण ३० । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल बुद्धभूमि भएकाले यहाँ कसैलाई पनि मृत्युदण्डको व्यवस्था गर्न नहुने बताएका छन् । आफू मृत्युदण्डको पक्षमा जान नहुने पक्षमा दृढ रहेको उनले बताए ।

मंगलबारदेखि काठमाडौंमा सुरु भएको मानव अधिकाररक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले बुद्ध जन्मेका देशका बासिन्दाहरु कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्यदण्डको पक्षमा जान नहुने समेत बताए ।

 

अध्यक्ष ओलीले संयुक्त राष्ट्र संघले मानवबीच हुने कुनै पनि प्रकारको विभेदलाई स्वीकार गर्न नसक्ने कुरालाई स्पष्ट पारेको बताए ।
अध्यक्ष ओलीले नेपालमा पनि मानव अधिकार आयोगलाई धम्की दिने राजनीतिक भईरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

उनले माओवादीलाई लक्षित गर्दै बन्दुकमा खिया नलागेको भन्दै धम्क्याउने काम भएको तर्क गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ