समाचारको बिषयलाई लिएर पत्रकार चौरसियामाथि आक्रमण प्रयास भएकोप्रति समाजवादी प्रेस संगठनको आपत्ती

समाचारको बिषयलाई लिएर पत्रकार चौरसियामाथि आक्रमण प्रयास भएकोप्रति समाजवादी प्रेस संगठनको आपत्ती

  • सोमवार, फाल्गुन २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

वीरगंज २८ फागुन । समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेश समितिले समाचारको बिषयलाई लिएर मिर्मिरेकर्मी पत्रकार दिपक चौरसियामाथि आक्रमण प्रयास भएकोप्रति आपत्ती जनाउदै दोषिमाथि तत्काल कार्वाहि गर्न माग गरेको छ ।

समाजवादी प्रेस संगठन नेपाल पर्साका कार्य समिति सदस्य समेत रहेका चौरसिया माथि गत २१ गते राती करिब १० बजेको समयमा उनको घर अगाडि जय प्रकाश कुशवाहा लगायतकाले आक्रमण गर्ने प्रयास गरेको भन्दै संगठनका अध्यक्ष प्रविण साहले जारी गरेको विज्ञप्तीमा दोषिमाथि कार्वाहिको माग गरिएको छ । पत्रकार चौरसियाले कुशवाहा विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा अभद्र व्यवहार सम्बन्धि जाहेरि दिएका छन् । तर प्रहरीले उक्त जाहेरी दर्ता गर्न नमानेको जनाएका छन् ।

संगठनले विज्ञप्तीमार्फत कुनै पनि सञ्चारमाध्यममा प्रकाशित/प्रशारित समाचार प्रति चित्त नबुझे कानुनी रुपमा जान सक्ने प्रावधान हुँदा हुँदै पनि पत्रकार माथि आक्रमण गर्नु भनेको प्रेस स्वतन्त्रता माथिको आक्रमण भएको ठहर गर्दै तत्काल दोषिमाथि कानुनी कार्वाहि गर्न माग गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘आन्तरिक राजस्व कार्यालय पर्साको समाचार विषयलाई लिएर कुशवाहाले फोनबाट धम्की दिई केही मान्छेलाई लिएर घरमै गई आक्रमणको प्रयास गर्नु एकदमै निन्दनिय छ । कुनै पनि सञ्चारमाध्यममा प्रकाशित/प्रशारित समाचार प्रति चित्त नबुझे कानुनी रुपमा जान सक्ने प्रावधान हुँदा हुँदै पनि पत्रकार माथि आक्रमण गर्नु भनेको प्रेस स्वतन्त्रता माथिको आक्रमण हो भन्ने हाम्रो ठहर रहेको छ ।कुशवाहाले गरेका अभद्र व्यवहारको घोर निन्दा गर्दै उनलाई कानुनी दायरामा ल्याउन सम्बन्धित पक्ष सँग जोडदार रुपमा माग गर्दछौं ।’

कुशवाहाले पत्रकार चौरसियाको मोबाईलमा फोन गरी धम्की दिएको अडियो रेकर्ड र अभद्र व्यवहार गरेको भिडियो फुटेज प्रमाणको रुपमा आफु संग सुरक्षित रहेको चौरसियाले बताए ।

संगठनका अध्यक्ष प्रविण साहले जारी गरेको विज्ञप्तीमा कुशवाहाले गरेका अभद्र व्यवहारको घोर निन्दा गर्दै उनलाई कानुनी दायरामा ल्याउन सम्बन्धित पक्ष संग जोडदार रुपमा माग गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ