नेपाल विश्वकपबाट अब दुई खेल मात्र टाढाः पिएनजीसँग आज भीड्दै

नेपाल विश्वकपबाट अब दुई खेल मात्र टाढाः पिएनजीसँग आज भीड्दै

  • सोमवार, फाल्गुन २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

फागुण २९ काठमाण्डौँ । निराशाजनक स्थितिबाट नयाँ प्रशिक्षक मोन्टी देशाई आएपछि पुनरागमन गरेको नेपाली क्रिकेट टोलीले पछिल्ला खेलहरुमा बलिगं र ब्याटिगं दुबैमा उत्कृष्ट प्रदर्शन जारी राखेको छ । यसै कारण आईसीसी लिग डिभिजन २ मा नेपाल छैटौँ स्थानबाट चौथो स्थानमा उक्लदैँ चार वर्षका लागि एक दिवसीय मान्यता जोगाउन सफल भएको छ ।

नेपालको अबको खुड्किलो दुई खेल जित्न सकेमा विश्वकप छनौट खेल्न पाउने स्थितिमा छ । त्यसमा पनि बाँकी दुबै खेल घरेलु मैदानमा हुने भएकाले नेपाललाई केही सहज छ । पछिल्लो ६ खेलमा घरेलु मैदानमा नेपाली टोली अपराजित छ ।

नेपालले युएई र पपुवा न्युगिनीलाई यही श्रृखलामा पनि पराजित गरीसकेको छ । अब दुई खेलमा जीत हात पारे नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहँदै विश्वकप छनौट खेल्न पाउनेछ ।

आज बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा उत्रदा नेपाली टोलीको लक्ष्य स्पष्ट जीत हुनेछ । त्यसपछि आगामी बिहिबार नेपालले युएईसँग लिगको अन्तिम खेल खेल्नेछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ