कानुन बनाएर शान्ति सम्झौताका बाँकी काम पूरा गर्न माओवादी धारका पार्टीहरुको माग

कानुन बनाएर शान्ति सम्झौताका बाँकी काम पूरा गर्न माओवादी धारका पार्टीहरुको माग

  • आइतवार, फाल्गुन २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौं । माओवादी धारका ९ राजनीतिक दलहरुले आवश्यक कानून बनाई शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार समक्ष अपील गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत संयुक्त अपील जारी गर्दै माओवादी धारका ९ राजनीतिक दलहरुले आवश्यक कानूनहरु बनाई अविलम्व शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गर्न सरकारलाई अपील गरेका हुन् ।

दलहरुले विस्तृत शान्ति सम्झौता र नेपालको संविधानले द्वन्द्वकालिन घटनाहरुको निरुपण गर्ने जिम्मेवारी सत्य निरुपण तथा मेलमिलाप आयोगलाई दिएको भन्दै संवैधानिक व्यवस्था भन्दाबाहिर जानु शान्ति सम्झौताकाविरुद्ध हुने बताएका छन् ।

यसरी संयुक्त रुपमा अपील गर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) , नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी–माओवादी), नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी र आम जनता पार्टी रहेका छन् । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी(बहुमत), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी(माओवादी समाजवादी) र माओवादी कम्युनिष्ट पार्टी, नेपाल पनि रहेका छन् । उनीहरुले कानून परिमार्जनसहित आयोगलाई पूर्णता दिई शान्ति प्रक्रियाका बाँकी काम यथाशिघ्र पूरा गर्न सरकारसँग माग गरेका छन् ।

९ दलले विस्तृत शान्ति सम्झौताका पक्षधर राजनीतिक दलहरु, नागरिक समाज एवं आम समुदायलाई संक्रमणकालिन न्यायको पक्षमा ऐक्यवद्धताका लागि अपील समेत गरका छन् । त्यस्तै, विगतमा राज्यले विभिन्न राजनीतिक दलहरुसँग गरेका सहमति कार्यान्वयनका लागि पनि ससरकार सँग माग गरेका छन् ।

पत्रकार सम्मेलनमा कृष्ण बहादुर महरा, हिसिला यमि, नेत्र विक्रम चन्द विप्लव, विश्वभक्त दुलाल आहुती, प्रभु शाह लगायतका नेता उपस्थित थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ