फागुण २८ काठमाण्डौँ । नेपालले युएई बिरुद्ध उत्कृष्ट जीत निकालेको छ । घरेलु मैदानमा आइसीसी विश्वकप लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा युएईमाथि सानदार जित निकाल्दै नेपालले आगामी ४ वर्षका सोझै एक दिवसीय मान्यता सुरक्षित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको २४९ रनको चूनौती पछ्याएको युएईलाई नेपालले २३ औँ ओभरमा ७१ रनमा अलआउट गरेपछि १७७ रनको शानदार जीत सफल भएको हो ।
लिग २ मा दोस्रो पटक युएईलाई हराएको घरेलु टोलीले शीर्ष ५ मा रहँदै ओडिआई मान्यता जोगाएको हो। नेपालले अबका बाँकी दुई खेल जीतेमा विश्वकप छनौट खेल्न पाउनेछ ।
शीर्ष ३ मा रहन नसके प्ले अफबाट विश्वकप छनोटमा स्थान बनाउने बाटो नेपालसामु छ।
नेपालसँगको हारले भने युएइले सोझै ओडिआइ मान्यता जोगाउने अवसर गुमाएको छ। अर्को प्ले अफमा शीर्ष ४ मा पर्न नसके युएईको ओडिआई मान्यता गुम्नेछ।
नेपालका तर्फबाट ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि युएईको पारी तहस नहस भएको थियो ।
७.५ ओभर बलिङ गरेका ललितले २ मेडन राख्दै २० रन खर्चे। सन्दीप लामिछानेले २ विकेट लिए। सन्दीपले ४ ओभरमा १४ रन दिए। सोमपाल कामी, दिपेन्द्रसिंह ऐरि र गुलसन झाले एक एक विकेट आफ्नो नाममा गरे।
युएईका लागि आयान आफ्जल खानले २९ र अस्वन्त वान्तवाले १४ रन बनाए। कार्तिक मैयाप्पनले १५ बलमा ११ रन थपे।
त्यसअघि कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा २ सय ४८ रन बनाएर अलआउट भएको थियो । नेपालले पनि खराब शुरुवात गर्दै २२ रन बनाउदा तीन विकेट गुमाएको थियो ।
चौथो विकेटका लागि कप्तान रोहित पौडेल र भिम सार्कीले ५४ रनको साझेदारी गर्दै नेपालको इनिङस् सम्हालेका थिए।
३७ बलमा चार चौका हान्दै भिम २९ रनमा क्याच आउट हुन पुगे। पाँचौ विकेटका लागि कप्तान रोहित र आरिफ शेखले ८६ रनको महत्वपुर्ण साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफलतर्फ अघि बढेको थियो।
कप्तान रोहित ११२ बलमा ९ चौका हान्दै ७७ रन बनाउँन सफल भए ।
आरिफ शेख ४३ रन बनाउँदा क्याच आउट भए। लामो सट खेल्ने धुनमा रहेका अरिफले ५२ बलमा ५ चौका हाने।
सातौँ विकेटका लागि गुलसन झा र दिपेन्द्रसिंह ऐरिले ४८ रनको साझेदारी गरे। ३२ बलमा १ चौका र ३ छक्का हानेका गुलसन झा ३७ रन बनाउँदा जाहोर खानको बलमा बोल्ड आउट भए। सन्दीपले २ रन बनाए।
दिपेन्द्रसिंह ऐरि ३४ रन बनाउँदा बोल्ड आउट भए। १९ बलमा ३ चौका र २ छक्का हाने। सोमपाल कामी २ रनमा नटआउट रहे। ललित राजवंशी शुन्य रनमा नटआउट रहे।
ओपनर कुशल भुर्तेल ८ रन बनाउदा एलबीडब्लु धरापमा परे। आशिफ शेख शुन्य रनमा आउट भए। कुशल मल्ल ९ रनमा क्याच आउट भए।
युएईका लागि आयान अफ्जल खान, रोहन मुस्तफा, जवार फरिद र जाहुर खानले समान २ विकेट झारे। आर्यन लाक्रा, जुनैद सिद्दिकीले एक एक विकेट आफ्नो नाममा गरे।
नेपालले अब पपुवा न्युगिनीसँग भोली दोस्रो खेल खेल्नेछ भने अन्तिम खेल बिहिबार युएईसँग खेल्नेछ ।