एउटै पार्टी जसपाबाट उपराष्ट्रपतिका लागि दुई जनाको उम्मेद्धारी दर्ता

एउटै पार्टी जसपाबाट उपराष्ट्रपतिका लागि दुई जनाको उम्मेद्धारी दर्ता

  • शनिबार, फाल्गुन २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौं फागुण २७ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट संसदीय दलका नेता रामसहायप्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । त्यसै गरी सोही पार्टीबाट प्रमिला यादवले पनि उम्मेद्धारी दर्ता गराएकी छन् ।

शनिबार संसद भवनमा पुगेर १० दलीय गठबन्धनका तर्फबाट उनीहरुले उम्मेद्धारी दर्ता गराएका हुन् ।

निर्वाचन आयोगले राष्ट्रपतिमा खस आर्य पुरुषका तर्फबाट रामचन्द्र पौडेल निर्वाचित भएकाले फरक समुदायको महिला उम्मेद्धार हुनु पर्ने निर्देशन दिएका कारण जसपाले दुई जना उम्मेद्धार बनाएको हो । यी दुई मध्य जुनको उम्मेद्धारी कायम रहन मिल्छ उसैलाई उपराष्ट्रपति बनाउने जसपाको तयारी छ ।

राम सहायको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् ।

उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार यादवले निर्वाचित भए मुलुकको संविधानको रक्षा, गर्न संव्रद्धन गर्ने राष्ट्रिय एकताका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ