फागुण २७ काठमाण्डौँ । जनता समाजवादी पार्टीले दुई जनालाई उपराष्ट्रपतिका उम्मेदवार बनाएको छ। पार्टीले प्रमिला यादव र रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाएको हो । निर्वाचन आयोगले महिला उपराष्ट्रपति हुनु पर्ने तर्क गरेपछि राम सहायको उम्मेद्धारी खारेज हुन सक्ने भयले उपेन्द्र यादवले प्रमिला यादवलाई पनि पार्टीको तर्फबाट उपराष्ट्रपतिमा सिफारीस गरेका हुन् ।
उनीहरु दुबैले गठबन्धनको तर्फबाट उम्मेद्धारी दर्ता गराउने र जसलाई आयोगले मान्यता दिन्छ उसैलाई बनाउने जसपाको निर्णय छ । सत्तारुढ गठबन्धनको बैठकमा नेताहरुले यादवलाई महिला उम्मेद्धार अघि सार्न सुझाए पछि जसपाले यो विकल्प अघि सारेको हो । प्रमिला राष्ट्रियसभा सदस्य हुन्।
शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले खस(आर्य बाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो। उपराष्ट्रपति उम्मेदवार महिला कि पुरूष बनाउने भन्ने विवाद छ। यो विवाद भोलि अदालतमा परे उम्मेदवारी खारेज भएको अवस्थामा प्रमिला यादवलाई उम्मेदवार बनाउने निर्णय जसपाले गरेको हो।
सत्तारुढ दश दलीय गठबन्धनले जसपालाई उपराष्ट्रपति दिने निर्णय गरीसकेको छ । आगामी चैत ३ गते हुने शुक्रबार हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ।
निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्नेछ।