राष्ट्रपति निर्वाचनको प्रतिवेदन आयोगले बुझायो

राष्ट्रपति निर्वाचनको प्रतिवेदन आयोगले बुझायो

  • शुक्रबार, फाल्गुन २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।

शुक्रबार राष्ट्रपति कार्यालयमा पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गरेका हुन् ।

नेपालको संविधानको धारा ६२ तथा राष्ट्रपति निर्वाचनसम्बन्धी ऐनको दफा ६४ बमोजिम प्रतिवेदन बुझाइएको आयोगले जनाएको छ।

फागुन २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनमा नेकपा एमालेका उम्मेदवार शुवास नेम्वाङलाई पराजित गर्दै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका थिए ।

अब आयोगले उपराष्ट्रपतिको निर्वाचनको पनि तयारी भईरहेको जनाएको छ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ